कोटेश्वरमा रोकेको टिपरमा मोटरसाइकल ठोकिँदा भूमिकाको मृत्यु, प्रेम घाइते

कोटेश्वरमा रोकेको टिपरमा मोटरसाइकल ठोकिँदा भूमिकाको मृत्यु, प्रेम घाइते

काठमाडौंः कोटेश्वरमा गए राति सडक छेउमा रोकी राखेको टिपरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखा बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ र पछाडि सवार भक्तपुरको चारदोबाटो बस्ने मकवानपुर बकैया गाउँपालिका- ४ कि ३६ वर्षीया भूमिका आलेमगर घाइते भएका थिए। गम्भीर घाइते भएकी भूमिकाको उपचारको क्रममा माइतीघरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।

चालक श्रेष्ठको उपचार भने बानेश्वरस्थित सिभिल अस्पतालमा भइरहेको छ। सडक छेउमा रोकी राखेको बा३ख ८०१६ नम्बरको टिपरमा श्रेष्ठले चलाएको बा८९प ४४९६ नम्बरको मोटरसाइकल राति सवा १२ बजे अनियन्त्रित भई ठोकिएको थियो।

साउन २१, २०७९ शनिबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।