सिन्धुपाल्चोकमा भीषण वर्षा, १० बजेसम्म सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोकमा भीषण वर्षा, १० बजेसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौंः सिन्धुपाल्चोकको घुम्थाङ, धाप, नाकाते र यस आसपासमा भीषण वर्षा भएको छ। यस क्षेत्रमा तीनदेखि ६ घण्टा भीषण वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ।

बाढी पूर्वानुमान महाशाखाले कमजोर भीरालो जमीनमा पहिरोको जोखिम हुनसक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

हाल खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए। तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए।

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ। राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ।

त्यस्तै, केही घर जोखिममा परेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ।

साउन २१, २०७९ शनिबार ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।