नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा जापान पुगे प्रचण्ड

नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा जापान पुगे प्रचण्ड
तस्बिर: रमेल मल्लको फेसबुक

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन्। टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा उनी शुक्रबार राति जापान गएका थिए। जापानमा रहँदा उनले आज फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्नेछन्। आइतबार उनले जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्नेछन्।

यस्तै उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तर्क्रियामा सहभागिता जनाउनेछन्।

यस्तै जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम समेत रहेकोे उनको सचिवालयले जनाएको छ।

साउन २१, २०७९ शनिबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।