भूकम्प होइन पराकम्प, बेलकोटगढी केन्द्रविन्दु, ५.३ रेक्टर स्केलको

काठमाडौंः आज बिहान ५ बजेर २६ मिनेटमा गएको भूकम्प गोरखा भूकम्पको पराकम्प रहेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार यो गोरखा भूकम्पको पराकम्प हो।
नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौं उपत्यकाभित्र महसुस गरिएको थियो।
यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिकाको मात्तिमविर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।
हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
साउन २१, २०७९ शनिबार ०७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।