एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंः शनिबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५:२६ मा भूकम्प गएको हो।

भूकम्पबारे थप विवरण आएको छैन। केन्द्रविन्दु र क्षतिबारे केहीबेरमा विवरण प्राप्त हुनेछ।

उपत्यकामा भने धक्का सहजै महसुस हुनेगरी भूकम्प गएको हो।

यसअघि साउन १५ गते खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

साउन २१, २०७९ शनिबार ०५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।