निर्वाचनपछि माओवादी पहिलो कम्युनिष्ट शक्ति, गठबन्धनबाहिरका दल टर्च बालेर खोज्नुपर्छ: पञ्चा सिंह

निर्वाचनपछि माओवादी पहिलो कम्युनिष्ट शक्ति, गठबन्धनबाहिरका दल टर्च बालेर खोज्नुपर्छ: पञ्चा सिंह

पोखराः अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी देशको पहिलो कम्युनिष्ट शक्ति बन्ने दावी गरेकी छिन्। अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा तीन महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो दावी गरेकी हुन्।

मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति देशभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रूपमा माओवादी नै देशको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहको जिकिर थियो। 

तीन महिने अभियान सञ्चालन गरेको अखिल(क्रान्तिकारी)ले सुदूरपश्चिम, लुम्बिनी, कर्णालीसहित प्रदेश नम्बर १ मा भेला सकिसकेको र बागमती प्रदेश र मधेश प्रदेकका भेला र कार्यक्रमहरू साउनभित्र सम्पन्न हुने संगठनका महासचिव दिपेश पुनले जानकारी दिए।

साउन २०, २०७९ शुक्रबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।