केपी ओलीको गुप्तचरी गरेको छैन: सञ्चारमन्त्री कार्की

केपी ओलीको गुप्तचरी गरेको छैन: सञ्चारमन्त्री कार्की

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी नगरेको बताएका छन्।केही सञ्चारमाध्यममा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको उनले बताएका हुन्।

साउन १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु।”

उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको बताउँदै कुनै भ्रममा नपर्न समेत अपिल गरे।

साउन २०, २०७९ शुक्रबार १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।