चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनः चितवनको पश्चिमी क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेकी चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेको थियो। त्यसपछि उनको मृत्यु भएको हो।

घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

साउन २०, २०७९ शुक्रबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।