९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये ९१२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट ५२९ जनामा र एन्टिजेन विधिबाट ३८३ जनामा सङ्क्रमण देखिएको हो।

हाल देशभर पाँच हजार ७६० जना सक्रिय सङ्क्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। निको हुनेको सङ्ख्या भने पछिल्लो २४ घण्टामा ३७० रहेको छ।

हाल निको हुने दर ९८.२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

साउन २०, २०७९ शुक्रबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।