मकवानपुरगढी आसपास भीषण वर्षा, सतर्क रहन आग्रह

तस्बिर: बाढी पूर्वानुमान महाशाखा
काठमाडौंः बाढी पूर्वानुमान महाशाखाले मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भीषण वर्षा भएको जनाएको छ। अपराह्न साढे चार बजेको विवरणअनुसार पछिल्लो एक घण्टामा सो क्षेत्रमा अति भीषण वर्षा मापन भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोला लगायत आसपासको स-साना खोलामा आकस्मिक बहाव हुनसक्ने महाशाखाले जनाएको छ।
सो क्षेत्रमा पछिल्लो २४ घण्टामा ७१.२ एमएम वर्षा हुँदा पछिल्लो एक घण्टामा मात्रै ६०.६ एमएम वर्षा भएको छ।
साउन २०, २०७९ शुक्रबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।