आज ३४.६१ अङ्कले ओरालो लाग्यो नेप्से

आज ३४.६१ अङ्कले ओरालो लाग्यो नेप्से

काठमाडौंः नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से ३४.६१ अङ्कले ओरालो लागेको हो।

आज नेप्से २११३.५५ अङ्कमा सीमित भएको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८० अङ्कले ओरालो लागेर ४०६.४५ मा ओर्लेको छ।

कुल २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ मा खरिद बिक्री भए।

कुल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमायो। अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

सामूहिक लगानी कोष ०.१३ अङ्कले उकालो लाग्दा बैंकिङ २२.१६, व्यापार ६२.६५, होटल तथा पर्यटन २५.७३, विकास बैंक ८६.७१, जलविद्युत् ३९.५४, वित्त ६५.२९, निर्जीवन बीमा ९५.३२, उत्पादन ६७.८४, अन्य ९.१६, लघुवित्त ११६.१७, जीवन बीमा ११९.९९ र लगानी १.५ अङ्कले ओरालो लागेको छ।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ नौ बराबर रहेको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रु १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो।

साउन २०, २०७९ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।