'मिसेल कस्मेटिक्स'मा प्रहरीको छापा, नक्क्ली सामान बरामद

काठमाडौंः गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती सर्वेश्वर मार्गस्थित दिपीका अग्रवालको नाममा दर्ता रहेको 'मिसेल कस्मेटिक्स प्रालि' नामको कारखानाबाट नक्कली कस्मेटिक्सका सामानहरू बरामद भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट संयुक्त रूपमा खटिएको टोलीले बिहीबार छापा मारेर नक्कली कस्मेटिक्सका सामान बरामद गरेको हो।
विभिन्न कम्पनीका सौन्दर्य प्रसाधनका सामग्रीहरू, स्याम्पु हेयर ट्रिटमेन्ट क्रिम, हेयर ओयल लगायत नक्कली उत्पादन गर्न
प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामान बरामद भएको हो।
यस्तै ब्याक हेयर स्याम्पु ७३ कार्टुन, क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लिटरको ड्रम १ सय ६० थान, कच्चा पदार्थ भएको २५ केजीको बोरा २० थान, मिक्सर मेसिन ४ थान, टेपिङ्ग मेसिन १ थान, फिलिङ्ग मेसिन २ थान, प्याकिङ्ग मेसिन १ थान, लेवलिङ्ग मेसिन १ थान, फिल इन मेसिन २ थान, मिति छाप्ने मेसिन १ थान बरामद भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा थप अनुसन्धानका लागि उक्त कारखाना सिल गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
साउन २०, २०७९ शुक्रबार १४:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।