फेरि उकालो लाग्दै सुनको मूल्य, आज तोलामा सात सयले बढ्यो

फेरि उकालो लाग्दै सुनको मूल्य, आज तोलामा सात सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। केही दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

आज सुन तोलामा सात सय रुपैयाँ महङ्गिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

तेजाबी सुन आज प्रतितोला ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २२० रुपैयाँ प्रतितोला कायम भएको छ।

साउन २०, २०७९ शुक्रबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।