परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने

काठमाडौंः परराष्ट्रमन्त्री डा. नारायण खड्का यही साउन २४ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन्। उनी २६ गतेसम्म चीनमा हुनेछन्।
उनी चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा चीन भ्रमण गर्न लागेका हुन्। दुवै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।
स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोज समेत आयोजना गर्नेछन्।
मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौं फर्कने मन्त्रालयले जनाएको छ।
साउन २०, २०७९ शुक्रबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।