तालमेल गरेर चुनावमा जाने सत्ता-गठबन्धनको निर्णय

सत्ता-गठबन्धनका शीर्ष नेताबीचको आजको बैठकले आगामी संसदीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ।
भदौको पहिलो हप्तासम्ममा चुनावी तालमेल सम्बन्धी सबै काम सम्पन्न गर्ने निर्णय भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले उकेरासँग बताए।
'यही गठबन्धन चुनावसम्मै जाने र भदौको पहिलो हप्तासम्म तालमेल सम्बन्धी सबै काम गर्ने निर्णय भयो,' खनालले भने, 'एकापसमा छलफल गरेर टुंगोमा पुग्छौं।'
गठबन्धनका बीचमा कार्यदल बनाएर चुनावमा अगाडि बढ्ने उनले बताए। 'गठबन्धनका पाँचै दलबाट प्रतिनिधित्व हुने गरी कार्यदल बनाउने सहमति भयो,' खनालले भने।
साउन २०, २०७९ शुक्रबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।