सिके राउत उपेन्द्र यादवको क्षेत्रमा चुनाव लड्ने

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत उपेन्द्र यादवको क्षेत्र सप्तरी २ बाट निर्वाचन लड्ने भएका छन्। राउतले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सप्तरी-२ बाट चुनाव लड्ने घोषणा गरेका छन्।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष राउतलाई उक्त क्षेत्रबाट प्रतिस्पर्धा गराउने तय गरेको हो।
उक्त क्षेत्रबाट गत निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। यादवले सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहँदा राउतले चुनौती दिने भएका हुन्।
राउतको घर पनि यही क्षेत्रमा पर्छ। गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका- २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो।
यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा प्रमुख पदमा जनमत पार्टीले जितेको छ।
साउन २०, २०७९ शुक्रबार ११:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।