मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको तयारी

काठमाडौं : मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको तयारी भएको छ। वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच एकता हुने भएको हो।
क्रान्तिकारी माओवादीका महासचिव वैद्य र नेकपा बहुमतका संयोजक बास्तोलासहित आव भएको वार्ताले पार्टी एकता गर्ने निर्णय गरेको हो।
शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। बैठकपछि वैद्य र बास्तोलाले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
नेकपा बहुमत केही समय पहिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजन भएर बनेको पार्टी हो। क्रान्तिकारी माओवादी भने तत्कालीन एकीकृत माओवादीबाट अलग भएर बनेको पार्टी हो।
साउन २०, २०७९ शुक्रबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।