चुनावी भागबण्डा मिलाउन सत्ता-गठबन्धनको बैठक बस्दै

काठमाडौं : सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेपछि सत्ता-गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ।
बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँडबारे छलफल हुने बताइएको छ। बैठकमा सिट बाँडफाँडको विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताए।
ती नेताका अनुसार आजको बैठकले चुनावमा यो गठबन्धन कायम नै रहने विषयमा निर्णय हुनेछ।
चुनावसम्म यही गठबन्धन कायम गर्ने तयारीमा रहेका दलहरु चुनावी भागबन्डामा भने आफूले बढीभन्दा बढी सिट पाउनुपर्ने दावी गरिरहेका छन्। कांग्रेस आफूलाई बहुमत पुग्नेगरी सिट बाँड्ने तयारीमा छ भने अन्य दल कांग्रेसलाई गलाउने रणनीतिमा छन्।
साउन २०, २०७९ शुक्रबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।