आजदेखि मतदाता नामावली संकलन बन्द

काठमाडौं : आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन बन्द गरेको छ।
काठमाडौं : आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ।
मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजबाट रोकिएको हो।
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै पत्रकार सम्मेलन गरेको आयोगले आजबाट मतदाता संकलन कार्य स्थगित भएको जानकारी दिएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली सङ्कलनको काम बन्द हुने जानकारी दिए।
साउन २०, २०७९ शुक्रबार ०८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।