अवरुद्ध बेनी-जोमसोम सडक तीन दिनपछि खुल्यो

अवरुद्ध बेनी-जोमसोम सडक तीन दिनपछि खुल्यो

बेनी : कालीगण्डकी करिडोर अन्तर्गतको बेनी-जोमसोम सडकखण्ड तीन दिनपछि सञ्चालनमा आएको छ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो।

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर बिहीबार साँझदेखि सञ्चालनमा ल्याइएको हो।

पहिरोले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो।

वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ। वर्षातको समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरला सडकखण्डको विभिन्न स्थानमा बाढी-पहिरोले सडक अवरुद्ध हुने गरेको छ।

साउन २०, २०७९ शुक्रबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।