न्यायाधीशको पिएसओले गरे चिनिया नागरिकको अपहरण, ५० लाख फिरौती लिन जाँदा ६ जना पक्राउ

न्यायाधीशको पिएसओले गरे चिनिया नागरिकको अपहरण, ५० लाख फिरौती लिन जाँदा ६ जना पक्राउ

काठमाडौँ : नेपालमा बस्दै आएका एक चिनिया नागरिकको अपहरण गरेर एक करोड फिरौती माग्न संलग्न रहेको आरोपमा २ जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्।

काठमाडौँ प्रहरी परिसरले चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कको एक होटेलमा बन्धक बनाएर राखेको आरोपमा उच्च अदालतका एक न्यायाधीशका पीएसओ हवलदार कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा शिव सुनुवार समेत पक्राउ परेका छन्।

बुधवार अपहरण गरेर होटेलमा बन्धक बनाएर राखेर उनीहरूले चिनिया नागरिकको आफन्तसँग एक करोड फिरौती मागेका थिए। प्रहरीका अनुसार ५० लाखमा सहमति भएपछि फिरौती लिन आएकालाई पक्राउ गरेर प्रहरीले बन्धक राखेको स्थानसम्म पुगेको थियो।

प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र विनोद केसीलाई समेत पक्राउ गरेको छ।

अनुसन्धानकोक्रममा चिनिया नागरिकलाई पेस्तोल समेत देखाएको खुलेपछि प्रहरीले खोजी गर्दा न्यायाधीशको सुरक्षामा खटाइएको प्रहरीको पेस्तोल अपहरणमा प्रयोग गरेको खुलेपछि गुरुङ पक्राउ परेका थिए।

साउन १९, २०७९ बिहीबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।