यो प्रतिनिधि सभाको पदावधि मंसिर २१ सम्म : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभाको पदावधि आगामी मंसिर २१ गते सकिने बताएका छन्।
निर्वाचन आयोगमा आज पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले अहिलेको र प्रतिनिधिस सभाका सांसदको पदावधि मंसिर २१ गते सकिने बताएका हुन्।
उनले निर्वाचित भएको मितिबाट सांसद्को पदावधि प्रारम्भ हुने र त्यसअनुसार नै मंसिर २१ गतेसम्म रहने जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएको हुँदा आउँदो मंसिरको २१ गते सांसद्को पदावधि समाप्त हुन्छ भन्ने कुरा हामीले लिखित रूपमै पेस गरेका थियौं। आयोगले ५ पेजको डकुमेन्ट नै पेस गरेको छ।’
निर्वाचन आयोगले निर्वाचन तालिका केही दिनमै सार्वजनिक गर्ने पनि जनाएको छ। दसैंलगत्तै उम्मेदवारी दिने गरी तालिका बनाउने तयारी आयोगले गरेको थपलियाले बताए।
साउन १९, २०७९ बिहीबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।