'यो चुनाव त लड्नैपर्छ नत्र माधव नेपाल हारेर भाग्यो भन्लान्'

'यो चुनाव त लड्नैपर्छ नत्र माधव नेपाल हारेर भाग्यो भन्लान्'

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले नचाहँदा नचाहँदै पनि बाध्य भएर यो चुनाव लड्नुपर्ने परिस्थिति आइपरेको बताएका छन्।

डा. ढाकाराम सापकोटाद्वारा लिखित 'एमाले र माओवादीको एकतादेखि विभाजनसम्म' पुस्तक विमोचन गर्दै समाजवादीका अध्यक्ष नेपालले भने, '७० वर्षको भएपछि राजनीतिबाट बिदा लिउँ भनेको, परिस्थितिले दिएन। चुनाव उठेन भने मानव नेपालल हारेर भाग्यो भन्लान्। त्यसैले यो चुनाव त उठ्नै पर्छ।' 

उमेरले राजनीतिबाट बिदा लिन भनिरहेको भए पनि अब पाँच वर्षपछि मात्र बिदा हुने उनले बताए। 'अहिले यस्तै भयो, अब पाँच वर्षपछि सन्न्यास लिनुपर्ला।'

यो गठबन्धन कायम रहने बताउँदै नेपालले चुनावमा आफ्नो पार्टी तेस्रो शक्तिका रुपमा उदाउने दावी गरे। 'माओवादी जसपा, एस, जनमोर्चा सहित चार पार्टी गोलबद्ध हुँदैछौ। कांग्रेसलाई मै हुँ सर्वेसर्वा भन्ने छ। हामीलाई पनि केही हौं भनेर देखाउनु छ,' उनले भने।

साउन १९, २०७९ बिहीबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।