प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सहरी विकास मन्त्री मेटमणी चौधरीले जानकारी दिए।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमति गरेका थिए।

निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो।

यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो।

संसद् कायमै रहने गरी चुनावको मिति तोकिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘हामीलाई विश्वास छ, उम्मेदवारी दर्ता नभएसम्म संसद् यथावत् रहन्छ,’ मन्त्रिपरिषदको बैठकपछि उनले भने।

साउन १९, २०७९ बिहीबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।