१९ वर्षीय सुशीलको हत्याको आरोपमा दुई जना पक्राउ

१९ वर्षीय सुशीलको हत्याको आरोपमा दुई जना पक्राउ

सर्लाहीः जिल्लाको हरिपुर्वा नगरपालिका-३ बस्ने १९ वर्षीय सुशील रायको हत्याको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका-३ धनकौलका १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँका १८ वर्षीय किशोर रहेका छन्।

मृतक राय साउन १३ गते बेलुकाबाट बेपत्ता थिए। उनको खोजी गर्ने क्रममा सोमबार बिहान श्री राष्ट्रिय आधारभूत विद्यालय धनकौलको  पुरानो शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको थियो।

धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको हो। अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

साउन १९, २०७९ बिहीबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।