तोलामा आठ सयले बढ्यो सुनको मूल्य

तोलामा आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।

साउन १९, २०७९ बिहीबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।