सप्तकोशीमा पानीको बहाव उतारचढाव भएपछि ४१ ढोका खोलिए

काठमाडौंः सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव भइरहेको छ। गए राति कोशी ब्यारेजमा दुई लाख ४२ हजार ९६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो।
आज बिहान ६ बजे दुई लाख २९ हजार ३०५ क्युसेक पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
यसैगरी आज बिहान ८ बजे दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ।
कोशी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन्। सप्तकोशीमा भइरहेको उतारचढावका कारण श्रीलङ्का टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमीन कटान हुन थालेको प्रजिअ यादवले जानकारी दिए।
कटान गरेको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ।
साउन १९, २०७९ बिहीबार ११:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।