लमहीमा ट्र्याक्टरबाट खसेर एक किशोरको मृत्यु

लमहीमा ट्र्याक्टरबाट खसेर एक किशोरको मृत्यु

दाङः लमही नगरपालिका- ६ देउपुरमा आज बिहान ट्र्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन्।

गम्भीर घाइते सुशानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। लु४त ८१०६ नम्बरको ट्र्याक्टरमा सवार उनी आज बिहान ६ बजे खसेका हुन्।

ट्र्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।

साउन १९, २०७९ बिहीबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।