आजको मन्त्रिपरिषद् बैठकले संसद् निर्वाचन मिति तोक्ने

आजको मन्त्रिपरिषद् बैठकले संसद् निर्वाचन मिति तोक्ने

काठमाडौँ : संसदीय निर्वाचनको मिति तोक्न आज अपराह्न १ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

बुधवारको सत्तारुढ दलको बैठकले  संसदीय निर्वाचनको मिति मङ्सिर ४ मा गर्ने सहमति गरेको थियो। बैठकले सोही अनुसार मिति सिफारिसको निर्णय गर्ने तयारी गरेको हो।

निर्वाचन आयोगले मङ्सिर २ को निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिए पनि सत्तारूढ दलको बैठकले मङ्सिर ४ को मितिमा सहमति गरेका थिए। 

साउन १९, २०७९ बिहीबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।