धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

कैलालीः धनगढी उपमहानगरपालिका- ८ बुधचोकमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये धनगढी- ८ बस्ने जोशीरपुरकी २४ वर्षीया पारु चौधरी गम्भीर घाइते भएकी छिन्।

उनी मोटरसाइकलमा पछाडि सवार थिइन्।

घाइते सबैको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको छ। तीन जना सवार सुदूरपश्चिम प्रदेश-०१-००९प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ३ बजे चोकमा रहेको शालिकमा ठोकिएको थियो।

साउन १९, २०७९ बिहीबार ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।