भारतमा साफ यू-२० खेलेका टोली आज नेपाल फर्कँदै

भारतमा साफ यू-२० खेलेका टोली आज नेपाल फर्कँदै
फाइल तस्बिर

काठमाडौंः भारतमा साफ यू-२० च्याम्पियनशिप खेलेका नेपाली टोली आज नेपाल फर्कँदै छन्। आज भिस्टार एयरलाइन्सबाट नेपाली टोली अपराह्न ४ बजे नेपाल आइपुग्नेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीको फिर्तीबारे जानकारी दिएको हो।

नेपाल उक्त प्रतियोगितामा फाइनल पुग्न सकेन। तेस्रो स्थानमा रह्यो। फाइनलमा भारत र बङ्ग्लादेश भिड्नेछन्।

चार खेलमा नेपालले दुई जित, एक हार र बराबरी खेल्यो। माल्दिभ्स र श्रीलंकालाई हराएको नेपालले भारतसँग लज्जास्पद ८-० को हार व्यहोरेको थियो। यस्तै बङ्ग्लादेशसँग १-१ को बराबरी भएको थियो।

साउन १९, २०७९ बिहीबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।