गल्फ लुब्रिकेन्टेको डिलर मिट सम्पन्न

गल्फ लुब्रिकेन्टेको डिलर मिट सम्पन्न

काठमाडौँ : गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट सम्पन्न गरेको छ। दुई दिने सो कार्यक्रममा नेपालभरि रहेका ५०  भन्दा बढी डिलर, गल्फ आयल इन्टरनेशनल,गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका  प्रतिनिधिहरू सहभागी थिए। 

कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पङ्क्तिबद्ध गर्ने रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई  सम्मान गरिएको थियो। 

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले केही वर्षदेखि बाह्य कारणले व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्। 

चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र इनोभेसनको कारण नेपालकै सर्वाधिक बिक्रिहुने ब्रान्ड भइरहेको उनले बताए। 

साउन १८, २०७९ बुधबार २२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।