उपत्यकामा दिउसै मापसे चेकिङ, फेला परे सात चालक

उपत्यकामा दिउसै मापसे चेकिङ, फेला परे सात चालक

काठमाडौँ : उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिउस चालकहरूको मापसे परीक्षण गर्दा सात जना चालकले दिउसै रक्सी पिएर सवारीसाधन चलाएको फेला परेको छ। मापसे परिक्षणकोक्रममा उनीहरूले दिउसै रक्सी पिएर सवारी चलाएको फेला पारेको हो।

बुधवार प्रहरीले गरेको चेकिङमा २ सय ६३ जना चालक कारबाहीमा परे। त्यसमा पानी बोक्ने सवारी साधन ७१ वटा, एम्बुलेन्स ५वटा र अन्य सवारी साधन १ सय ८७ रहेको छ।

७ जना चालकले रक्सी पिएको फेला परेको थियो। त्यसमा २ जना स्कुल बसका चालक थिए भने पानी बोक्ने  सवारी साधन चलाउने चालक ३ जना र अन्य सवारी साधन चलाउने २ जना चालक समेत दिउसै रक्सी खाएर सवारी चलाएको अवस्थामा फेला परेका थिए।

बुधवार नम्बर प्लेट नराखी चलाएको एक एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ वटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो।

काठमाडौँ उपत्यकाको रत्नपार्क, स्वयम्भू, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारबाही गरिएको थियो।

साउन १८, २०७९ बुधबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।