मङ्सिर ४ मा संसद् निर्वाचन गर्न सत्तारुढमा सहमति

मङ्सिर ४ मा संसद् निर्वाचन गर्न सत्तारुढमा सहमति

काठमाडौँ : सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकमा मङ्सिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति भएको छ। बुधवार सत्तारुढ पाँच दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठकले प्रदेश र प्रतिनिधि सभा चुनाव मङ्सिर ४ मा गर्न सहमति भएको हो।

एक नेताका अनुसार गठबन्धनको सहमति अनुसार बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेर निर्वाचन आयोगलाई सिफारिस गर्नेछ। गठबन्धनमा संसद् विगठन नगरी निर्वाचनमा जाने समेत सहमति भएको छ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको छ। निर्वाचन आयोगले मङ्सिर २ गते निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो।

साउन १८, २०७९ बुधबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।