'आतङ्कवादी' को सूचनामा पक्राउ परेका व्यक्ति सुन व्यापारी

'आतङ्कवादी' को सूचनामा पक्राउ परेका व्यक्ति सुन व्यापारी

काठमाडौँ : भारतको मुम्बई उड्न तयार भइसकेको जहाजमा आतङ्कवादी भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्ति सुन व्यापारी भएको खुलेको छ। प्रहरीको विशेष ब्युरोले विशेष सूचनाको आधारमा मुम्बई उड्न तयार रहेको विमान रोकेर २ व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

एक व्यक्ति सुन व्यवसायीको साथी मात्र रहेको खुलेपछि प्रहरीले सोधपुछ गरेर छाडेको छ। अर्का सुन व्यापारीलाई भने प्रहरीले पक्राउ गरेको छ।

'शङ्कास्पद व्यक्ति विमान रहेको भनेर प्रहरीले विमान रोकेर जाँच गरेर २ जनालाई नियन्त्रणमा लिएको थियो। एक जना साथी मात्र रहेको खुलेपछि उनलाई छाडिसकेको छ। अहिले एक जना मात्र प्रहरीको नियन्त्रणमा छन्,' त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उकेरालाई भने।

नेपाल एयरलाइन्सको विमानमा आतङ्कवादी भएको आशङ्कामा २ जना नियन्त्रणमा, अनुसन्धान गर्दै विशेष ब्युरो

शङ्कास्पद व्यक्ति रहेको भन्दै मुम्बई उड्न तयार विमान रोकियो

सिटौलाका अनुसार उनी सुन व्यवसायी भएको खुलेको छ। तर प्रहरीले उनलाई किन पक्राउ गरेको हो भन्ने आफूलाई जानकारी नभएको बताए।

विमानस्थलका सुरक्षा प्रमुख डिआइजी श्याम ज्ञवालीले एक जना व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरे।

नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाज बुधवार १:१० मा काठमाडौँबाट भारतको मुम्बई जाने सेड्युल थियो।

साउन १८, २०७९ बुधबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।