घर-जग्गा धितो ऋण १० प्रतिशत घट्यो, बुधवारबाट कार्यान्वयनमा आयो ३० र ४० प्रतिशत

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत घर-जग्गा धितोमा कायम गरेको ऋणको नयाँ सीमा बुधवारबाट कार्यान्वयनमा आएको छ। राष्ट्र बैङ्कले सबै वर्गका वित्तीय संस्थालाई बुधवार एकीकृत निर्देशिका पठाएर मौद्रिक नीतिमा रहेको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
अब काठमाडौँ उपत्यकाको हकमा जग्गा धितोबाट पाइने ऋणको सीमा ३० प्रतिशत र काठमाडौँ उपत्यका बाहिरको हकमा ४० प्रतिशत भएको छ।
बैङ्कको एकीकृत निर्देशिकामा घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिँदा वा कर्जा नवीकरण गर्दा यो नीति लागु हुनेछ। यसअघि काठमाडौँ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो।
नयाँ मौद्रिक नीतिले थप १० प्रतिशत घटाएको हो।
साउन १८, २०७९ बुधबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।