शङ्कास्पद व्यक्ति रहेको भन्दै मुम्बई उड्न तयार विमान रोकियो

शङ्कास्पद व्यक्ति रहेको भन्दै मुम्बई उड्न तयार विमान रोकियो

काठमाडौँ : मुम्बई जान जान लागको नेपाल एयरलाइन्सको विमानमा शङ्कास्पद व्यक्ति रहेको प्रहरी प्रधान कार्यालयको सूचनाको आधारमा विमान रोकिएको छ।

प्रहरी प्रधान कार्यालयबाट विशेष सूचना आएपछि अहिले प्रहरीले विमान रोकेर यात्रुहरूबारे जाँच सुरु गरेको छ। जानकारस्रोतका अनुसार शङ्का लागेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। तर विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोबाटै सिधै विमानस्थल प्रहरीलाई सूचना आएकाले महानगरीय प्रहरी कार्यालय लगायतका काठमाडौँ हेर्ने प्रहरी कार्यालयका अधिकारीहरू पनि यसबारे अनभिज्ञ देखिए।

'विमानस्थलबाट कुनै सूचना आएको छैन,' कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरले भने।

साउन १८, २०७९ बुधबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।