राष्ट्र बैङ्कले कोरोनाकालको वित्तीय सुविधा हटायो

राष्ट्र बैङ्कले कोरोनाकालको वित्तीय सुविधा हटायो

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले कोरोनाको सङ्क्रमण बढेको समयमा दिएको वित्तीय सहुलियत हटाएको छ। बुधवार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै सहुलियत हटाएको हो।

बैकले कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना र न्यून प्रभावित क्षेत्रमा प्रभावित कर्जालाई ६ महिनासम्म ग्रेस अवधि थप गर्न सकिने प्रावधान राखेको थियो।

सो प्रावधानमा स्वीकृत प्राप्त पर्यटकीयस्तरको होटेलको हकमा अधिकतम २ वर्षको ग्रेस अवधि थप्न सकिने प्रावधान हटाएको छ।

कोभिड–१९ बाट अति प्रभावित र मध्यम प्रभावित व्यवसायमा प्रवाह भएको कर्जामा ऋणीको अनुरोधमा एक पटकका लागि दिइएको सुविधासमेत हटाएको छ।

राष्ट्र बैङ्कले कोभिड १९ बाट प्रभावित विभिन्न पेसामा संलग्न पेसागत व्यवसायीलाई प्रदान गरिने कर्जाको प्रावधानसमेत बुधवारबाट हटाएको छ।

साउन १८, २०७९ बुधबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।