इन्धनको मूल्य समायोजनको माग गर्दै अनेरास्वियु आन्दोलनमा

इन्धनको मूल्य समायोजनको माग गर्दै अनेरास्वियु आन्दोलनमा

काठमाडौँ : एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार समायोजन गर्न नेपाल आयल निगमको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।

बुधवार अनेरास्ववियू बागमती प्रदेश कमिटीले निगमको कार्यालय टेकु अगाडि मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन गरेको हो। भारतबाट मूल्य घटेर आए पनि निगमले मूल्य समायोजन गरेको छैन।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका थिए। अनेरास्ववीयू केन्द्रीय सदस्य विशाल विश्वकर्माले यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गरे। उनले मूल्य समायोजन नभए अनेरास्ववीयू कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिए।

'अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपालमा नघटेकाले यसलाई समायोजन गर्न हाम्रो आन्दोलन हो,' उनले भने' सरकारले दलालीकरण भइरहेको छ, हामीले खबरदारी गर्ने कार्यक्रमलाई निरन्तरता दिने छौ।'

विरोध प्रदर्शन प्रश्चात अनेरास्ववीयूले नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायलाई बिनेल पौडेललाई विज्ञप्ति बुझाएको छ।

विज्ञप्तिमा भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुई पटक पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २५.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रति सिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको उल्लेख छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको आरोप लगाइएको छ। तत्काल मूल्य नघटाए निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।

साउन १८, २०७९ बुधबार १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।