सप्तकोसीको बाँध फुटेपछि बराह क्षेत्रका पाँच सय परिवार श्रीलंका टापुमा फसे

काठमाडौं : उदयपुरको बेलका नगरपालिका-८, डुम्रिबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराह क्षेत्र नगरपालिकाका पाँच सय घर-परिवार श्रीलंका टापुमा फसेका छन्।
कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र-६ र ९ का पाँच सय घर-परिवारका दुई हजार पाँच सय जना सो टापुमा फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताए।
यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की सहितले निरीक्षण गरेका छन्। मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले जानकारी दिए।
साउन १८, २०७९ बुधबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।