अभियान लघुवित्तको आइपिओ खुल्यो, आजैदेखि आवेदन

काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ आजदेखि खुलेको छ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपिओ खुलेको हो।
कुल सार्वजनिक निष्कासन गर्ने सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ। बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरिएको छ।
आइपिओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपिओमा छिटोमा २२ साउन र अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा १ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
साउन १८, २०७९ बुधबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।