सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मूल्य घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य भने ९४ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने अघिल्लो दिनको जस्तै चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।

साउन १८, २०७९ बुधबार ११:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।