सप्तकोसीको बाँध फुट्यो : उदयपुर, सुनसरी र सप्तरीका गाउँ डुबानमा

काठमाडौं : लगातारको वर्षापछि आएको बाढीले सप्तकोसी नदीको बाँध फुटेको छ। उदयपुरको बेलका नगरपालिका-८, लाहुरे खोचस्थित डुम्रिबोटेमा सप्तकोसीको बाँध फुटेको हो।
आज बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेको उदयपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सप्तकोसीको बाँध फुटेपछि बाढी बस्तीमा पसेको छ। बाढी बस्तीमा पस्दा बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको छ।
चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट नदीले तटबन्ध भत्काएको छ। सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले उद्धारको काम गरिरहेका छन्।
साउन १८, २०७९ बुधबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।