मुग्लिन-नारायणघाट सडकखण्ड पुन: अवरूद्ध

काठमाडौं : मुग्लिन-नारायणघाट सडकखण्ड पुन: अवरूद्ध भएको छ। निरन्तरको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध भएको सडक २४ घन्टापछि सञ्चालनमा आएको थियो।
पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडक केहीबेरमा नै पहिरो खस्दा पुन: अवरुद्ध भएको हो।
मुग्लिन-नारायणघाट सडक खण्डको केराबारीमा माथिबाट लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो।
भरतपुर महानगरपालिका- २९ मा पर्ने सो सडक पहिरोका कारण पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरु सडकमै अलपत्र परेका छन्। पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
साउन १८, २०७९ बुधबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।