मनसुन अझै सक्रिय, शुक्रबारसम्म भारी वर्षा

काठमाडौं : मनसुन सक्रिय नै रहेकोले देशका अधिकांश भागमा अझै केही दिन भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ।
आगामी शुक्रबारसम्म देशका धैरै भूभागमा आशिंकदेखि पूर्ण बदली रही भारी वर्षा हुने महाशाखाले जनाएको छ।
यतिबेला देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। यस्तै प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
यस्तै भोलि बिहीबार र शुक्रबार पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साउन १८, २०७९ बुधबार ०७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।