घुससहित पक्राउ परेका उपसचिव नेपालको साथबाट थप १६ लाख बरामद

घुससहित पक्राउ परेका उपसचिव नेपालको साथबाट थप १६ लाख बरामद

काठमाडौं : ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएको छ। 

मन्त्रालयका उपसचिव नेपालको गाडीमा थप साढे १६ लाख रुपैयाँ बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। यो रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएको छ। 

यसअघि आयोगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिएको अख्तियारले जनाएको छ।

साउन १७, २०७९ मंगलबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।