भारत हारे मात्रै नेपाल पुग्न सक्छ साफ यू-२० को फाइनलमा

साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले लिग चरणको अन्तिम खेल बङ्गलादेशसँग बराबरी खेलेसँगै फाइनल यात्राको आशा जीवितै राखेको छ। तर यसका लागि अर्को खेलमा भारत मालदिभ्ससँग हार्नुपर्ने छ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मङ्गलवार भएको खेलमा नेपाल बङ्गलादेशले १-१ गोलको बराबरी खेलेर अङ्क बाँड्दा नेपाल दोस्रो नम्बरमा पुग्यो। उता बंगलादेश भने पहिलो नम्बर बनेर सिधै फाइनलमा पुग्यो।
नेपालले ४ खेलमा ७ अङ्क जोडेर दोस्रो नम्बरमा छ। कुनै खेल पनि नगुमाएको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको थियो।
भारत र माल्दिभ्सबीचको खेलमा भारत मालदिभ्ससँग हारेमा मात्र नेपाल फाइनलमा पुग्न सक्नेछ।
भारत र मालदिभ्सको खेल बराबरी भएमा वा भारतले जितेमा नेपालको यात्रा टुङ्गिनेछ। भारत ३ खेलमा ६ अङ्क जोडेर तेस्रो स्थानमा छ। मालदिभ्स १ अङ्क जोडेर बाहिरिइसकेको छ।
साउन १७, २०७९ मंगलबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।