६ लाखसहित पक्राउ परे पर्यटन मन्त्रालयका उपसचिव, घुस लिएको अख्तियारको दाबी

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैंयासहित पक्राउ गरेको छ।
नक्साल नाग पोखरीको एक होटेलबाट अख्तियारले उनलाई पक्राउ गरेको हो। अख्तियारले पर्यटन व्यवसाय दर्ताका लागि उनले घुस मागेको आरोप लगाएको छ। उनीबाट बरामद भएको ६ लाख रुपैयाँ घुस भएको अख्तियारको दाबी छ।
साउन १७, २०७९ मंगलबार १९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।