कांग्रेसप्रति ओलीको कटाक्ष- कांग्रेसलाई किन प्रजातान्त्रिक भनियो, म बुझ्दिनँ

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस कुनै पनि कोणबाट प्रजातान्त्रिक पार्टी नभएको आरोप लगाएका छन्। कांग्रेसको नाम र व्यवहार दुवै प्रजातान्त्रिक नभएको दावी टिप्पणी गरेका हुन्।
तुलसीलाल अमात्यको २५औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘नेपाली कांग्रेस प्रजातान्त्रिक होइन। उसलाई किन प्रजातान्त्रिक भनिएको हो, म बुझ्दिनँ।'
कांग्रेसको विचार र काम नै प्रजातान्त्रिक नभएको ओलीको टिप्पणी थियो। 'कांग्रेस देशभक्तिपूर्ण पनि छैन र जनपक्षीय पनि छैन,’ उनले भने, ‘अनि, प्रजातान्त्रिक भनेको के हो? बुर्जुवा भनेको हो?'
नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक भनेर प्रमाणित गर्न पनि ओलीले चुनौती दिए।
उनले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन पूर्ण नै नभएको समेत बताए। यो प्रकरणमा नेपाली जनताको नैतिकता र विवेकमाथि ठूलै हमला भएको पनि अध्यक्ष ओलीले टिप्पणी गरे।
साउन १७, २०७९ मंगलबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।