पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

पोखरा : म्याग्दीको मालिका गाउँपालिका-२, रुममा गएको पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ। आइतबारदेखि परेको अविर वर्षाका कारण आज बिहान पहिरो घरमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। 

पहिरोले घामबहादुर विकको घर बगाउँदा परिवारका पाँचै जना पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। 

पहिरोमा पुरिएका पाँच जनामध्ये दुई जनाको शव बिहानै भेटिएकोमा बेपत्ता भएका थप तीनको पनि शव समेत खोजतलासका क्रममा भेटिएको उनले बताए।

पहिरोमा पुरिएका ३८ वर्षीय घरमुली घामबहादुर विक, उनकी पत्नी ३४ वर्षीया राममाया विक, छोरा १५ वर्षका नवीन विक, ३ वर्षका छोरा राजन विक र ७ वर्षीया छोरी अस्मी विकको शव भेटिएको हो। 

पहिरोले घरमा क्षति पुर्याउदा अन्य स्थानीय समेत घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका स्थानीय गोठे विक, उनकी श्रीमती गोरी विकको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर थप उपचारको लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

साउन १७, २०७९ मंगलबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।